Comments Add Comment

गिरिजा फाउण्डेसनले बाँड्यो विपन्नलाई खाद्यान्न

२९ चैत, वीरगञ्ज । लकडाउनबाट प्रभावित ६ सय विपन्न परिवारलाई वीरगञ्जमा राहत वितरण गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन पर्साले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका विपन्न परिवारलाई खाद्यान्न समाग्री वितरण गरेको हो ।

वीरगञ्ज महानगरपालिका-१ र ३ वडाका ६ सय विपन्न परिवारलाई राहत समाग्री उपलब्ध गराएको फाउण्डेसका कोषाध्यक्ष मनोहर साहले जानकारी दिए । उनका अनुसार ७ किलो चामल, ३ किलो आलु, १ किलो दाल, एक किलो नुन, ५ सय ग्राम तेल, गहुँको पिठो २ किलोका दरले राहत वितरण गरिएको हो ।

यसैबीच रोट्याक्ट क्लब अफ वीरगञ्जले प्रहरीलाई १४ सय थान सर्जीकल ग्लोब र १५ लिटर ह्यान्ड वास सेनिटाइजर वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा ७ सय थान ग्लोब, ५ लिटर सेनिटाइजर, वडा प्रहरी कार्यालय श्रीपुरमा ३ सय थान ग्लव्स, ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ४ सय थान ग्लोब र ५ लिटर सेनिटाइजर वितरण गरिएको क्लबका आयुष गुप्ताले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment