+
+

प्रदेश १ मा पनि सुरु भयो र्‍यापिड टेस्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते १७:३६

२९ चैत, विराटनगर । कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको स्वाब संकलन र परीक्षणका लागि प्रदेश १ मा ‘र्‍यापिड डाइग्नोष्टिक टेस्ट’ सुरु भएको छ । शनिबारबाट प्रदेश १ मा र्‍यापिड टेस्ट सुरु भएको हो ।

स्वास्थ्यकर्मीले संकलन गरेको कुल ९३ नमुनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेधरन राईले शुक्रबार अब सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रीत हुने बताएका थिए ।

परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण गर्न सक्ने ल्याब समेत सञ्चालनमा आइसकेको छ ।

संभावित कोरोना परीक्षणको लागि नमुना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको परीक्षणमा समेत प्रदेश १ मा कोरोना नभएको देखिएको छ । २ सय ११ नम’ना संकलन भई परीक्षण गरिएकोमा ३६ महिलासहित १ सय ५३ पुरुषको रिर्पोट नेगेटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?