Comments Add Comment

भेट्टियो अनौठो छेपारो : एकसाथ जन्माउँछ बच्चा र अण्डा

वैज्ञानिकहरुले छेपारोको एउटा अनौठो प्रजाति पत्ता लगाएका छन् । सर्पजस्तै जिउडाल रहेको यो छेपारो अहिलेसम्म फेला परेको मध्ये एउटामात्र यस्तो प्रजाति हो जुन एकै पटकमा दुबै प्रकारले प्रजनन गर्न सक्षम छ ।

अर्थात् यो छेपारोले एकसाथ बच्चा पनि जन्माउन सक्दछ र अण्डा पनि पार्न सक्दछ ।

जिव वैज्ञानिककाअनुसार साइफोन इक्वालिस प्रजातिको छेपारोले मौसम अनुसार अण्डा पार्न र बच्चा जन्माउन दुबैका लागि सक्षम हुन्छ ।

तर हाल पत्ता लागेको सोही वर्गको यो नयाँ प्रजातिको छेपारोले भने एकसाथ अण्डा र बच्चा दुबै जन्माउने गरेको छ । अष्ट्रेलियको सिड्नी विश्वविद्यालयका जिव वैज्ञानिकहरुले यो छेपारोको अनुसन्धान गरेका छन् । यो छेपारो द्विरुपी प्रजननमा सक्षम रहेको उनीहरुले पत्ता लगाए ।

वैज्ञानिककाअनुसार प्राकृतिक छनोटका आधारमा यो छेपारोमा यस्तो क्षमता विकाश भएको हो । कतिपय वातावरणीय अवस्थामा जिवहरुका लागि बच्चा जन्माउनुको तुलनामा अण्डा पार्नु आफू जिवित रहनका लागि सहज हुन्छ ।

यसअघि साइफोन इक्वालिस प्रजातिका तिन औँले छेपारोले भिन्नभिन्न मौसममा भिन्नभिन्न तरिकाको प्रजनन विधि अपनाउने गरेको पत्ता लागेको थियो । सो प्रजातिको छेपारोले गर्मी ठाउँमा अण्डा पार्ने र चिसो क्षेत्रमा बच्चा जन्माउने गर्दछन् ।

तर पछिल्लो पटक पत्ता लागेको छेपारोले चाहीँ एकैपटकमा एकैठाउँ अण्डा र बच्चा दुबै जन्माउने गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment