Comments Add Comment

एनएचसीएल-ईसीसी र एनसीएचएल-आईपीएसको क्लियरिङ समय बढ्यो

२९ चैत, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबार देखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने भएको छ ।

सोही व्यवस्था अनुसार एनएचसीएल-ईसीसीको रेगुलर सेसनमा दिनको १.३० बजेसम्म जम्मा गरिएका चेकहरु र एनसीएचएल आईपीएसमा दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । उक्त समय सीमा पछी प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था रहेको छ ।

हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म एनएचसीएल-ईसीसी र एनसीएचएल आईपीएस मार्फत् प्रत्येक दिन ११.३० बजे सम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो ।

चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हप्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन गरिएको हो । कर्मचारीहरुको तलब भत्ता, सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर लगायतका भुक्तानीहरु चैत्र मसान्तमा अधिक मात्रामा हुने गर्दछन् ।

एनसीएचएलको कनेक्ट आईपीएसबाट भने साविक बमोजिम चौबिसै घण्टा यसको मोबाईल एप्स, वेबसाइट अथवा बैंक वित्तिय संस्थाका मोबाईल र ईन्टरनेट बैंकिङ्गबाट कारोबार गर्न सकिन्छ ।

लकडाउनको दौरान एनसीएचएलले पहिलो र दोस्रो हˆतामा क्रमश १८.६ अर्ब र ३५.६ अर्ब बराबरको कारोबार फर्छौट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment