+
+
Shares

कोरोनाको उपचारका लागि तयार छ वीर अस्पताल

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ चैत ३० गते १६:२३

३० चैत, काठमाडौं । मुलुककै जेठो वीर अस्पतालले कोरोना भाइरस (कोभिड-१९)को उपचारका लागि तयारी पुरा गरेको छ ।

अस्पतालमा शनिबार मात्र कोरोना परीक्षण सुरु गरिएको थियो । अब आइसोलेसन वार्ड पनि तयार भएको छ ।

बन्यो स्यानिटाइजिङ गेट

स्वास्थ्यकर्मी तथा अस्पताल आउजाउ गर्ने सेवाग्राहीलाई संक्रमण नहोस् भनेर अटोमेटिक स्यानिटाइजिङ गेट बनाइएको छ । मारवाडी युवा मञ्चले मञ्चले स्यानिटाइजिङ गेट बनाइएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।

उनले भने, ‘बक्सको माथि स्यानिटाइजर हालिएको हुन्छ । २० सेकेण्ड जति बस्दा त्यहाँ बाफ आउने र स्यानिटाइजर छर्किने काम हुन्छ, जसको कारण किटाणु रहिरहन सक्दैन ।’

मञ्चले यसअघि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पनि स्यानिटाइजिङ गेट बनाइदिएको थियो ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?