+
+
Shares

भरुवा बन्दुकसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १८:३२

३० चैत, जनकपुरधाम । बारुद भरिएको भरुवा बन्दुकसहित धनुषाको मिथिला नगरपालिका ४ स्थित पुष्पलपुरबाट आइतबार दुई जना पक्राउ परेका छन् ।

ज.१२ प १११५ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ बस्ने २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामा छन् । दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी रामेश्वर कार्कीले दुवैविरुद्व हातहतियार खरखजाना मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?