News Summary
Generated by OK AI. Editorially reviewed.- दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. रामनारायण मण्डल शिक्षाध्यक्ष, डा. श्याम लम्साल रजिस्ट्रार, डा. कृष्णकुमार झा डीन र डा. सुरेश विके रसाइली निर्देशक नियुक्त भएका छन्।
१८ भदौ, काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रामनारायण मण्डल, रजिस्ट्रारमा डा. श्याम लम्साल, डीनमा डा.कृष्णकुमार झा र निर्देशकमा डा.सुरेश विके रसाइलीलाई नियुक्त गरिएको हो ।
नवनियुक्त पदाधिकारीले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यसअघि असार २५ गते प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका थिए ।
प्रतिक्रिया 4