News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल र एन्जिला दाहालले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।
१८ भदौ, काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानबाट बाढीपीडितका लागि १ करोड ८ लाख ५१ हजार सहयोग प्रदान गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख १ रुपैयाँ र प्रतिष्ठानका कर्मचारीहरूको एक दिनको पारिश्रमिकबाट ८ लाख ५१ हजार ३५१ रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको हो ।
त्यसैगरी प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले २१ लाख ८१ हजार २०० सहयोग प्रदान गरेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनकी नेपाल प्रतिनिधि एन्जिला दाहालले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कठिन घडीमा सबै नेपालीले एकअर्काको दुःख साथ दिन र विपद् प्रभावितको पुनःस्थापनामा सक्दो सहयोग गर्न प्रतिष्ठानले अपिल गरेको छ ।
प्रतिक्रिया 4