Comments Add Comment

रामेछापमा र्‍यापिड टेस्ट सुरु, पहिलो रिपोर्ट नेगेटिभ

२ वैशाख, रामेछाप । रामेछापमा सोमबारबाट कोरोना भाइरसको र्‍यापिड टेष्ट सुरु भएको छ ।

पहिलो दिन मन्थली नगरपालिकाका एक जनामा र्यापिड टेष्ट गरिएकोमा उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, रामेछापका प्रमुख जीतेन्द्र कुमार कर्णले जनकारी दिए ।

र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गर्ने र यसमा कसैलाई कोरोना पोजेटिभ देखिए पीसीआर प्रविधिबाट गरिने बताए ।

जिल्लाका ७ वटै पालिकामा मंलबारबाट यो कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । शर्माका अनुसार, क्वारेन्टाइन कक्षमा १४ देखि २१ दिन बसेका व्यक्तिहरूमा यो परीक्षण गर्न लागिएको हो । परीक्षणका लागि ३ जना प्राविधिकहरू परिचालन गरिएको छ ।

रामेछापमा भारत र अन्य विभिन्न देशबाट आएका ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रामेछापका ८ वटा स्थानीय तहमा हालसम्म कोरोना परिक्षण तथा उपचारका लागि २ सय ९१ बेडको क्वारेन्टिन र ५८ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालित हेल्थ डेस्कमा सोमबारसम्म ३ हजार ७ सय ६९ जनाको ज्वरो परीक्षण भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी लक्षण परीक्षण गर्न जिल्लाको मन्थली नगरपालिकामा सञ्चालन गरिएको हेल्थ डेस्समा मात्रै १ हजार ९ सय ४ जनाको ज्वरो परीक्षण गरिएको स्वास्थ्य प्रमुख कर्णले जानकारी दिए । यसैगरी, रामेछाप नगरपालिकामा ६ सय ७७, सुनापति गाउँपालिकामा ७ सय १, खाँडादेवी गाउँपालिकामा ४ सय २० र गोकुलगंगा गाउँपालिकामा ६७ जनाको ज्वरो परिक्षण गरिएको कर्णले बताए ।

कोरोना भाइरसको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) १ सय ८१ थान वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment