News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीलगायतका स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्नुभयो।
- अध्यक्ष दाहालले हिंसा, घृणा र साम्प्रदायिक विभेद अस्वीकार्य रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसमक्ष आग्रह गर्नुभयो।
- उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा उपाय अवलम्बन गर्दै नागरिकमा शान्ति र विश्वासको वातावरण कायम गर्न सरकारलाई अनुरोध गर्नुभयो।
१५ साउन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले सुनसरी लगायतका स्थानमा भएका घटनाप्रति दु:ख व्यक्त गर्दै राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका हुन् ।
कुनै पनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयास अस्वीकार्य छन् भन्ने राष्ट्रिय सभाको सर्वसम्मत धारणा रहेको उल्लेख गरे ।
यस घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न उहाले सरकारसमक्ष आग्रह समेत गरे ।
साथै, उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गरे ।
अध्यक्ष दाहालले राष्ट्रिय हितलाई सर्वोपरि राखी शान्ति, सहिष्णुता, संवाद, भाइचारा र सामाजिक एकताको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न सरोकारपक्ष सवैलाई अपिल गरे ।
प्रतिक्रिया 4