+
+
Shares

कोरोनाको औषधि तयार गर्न शान्ति समाजको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १७:०८

२ जेठ, बुटवल । मानव अधिकार तथा शान्ति समाज नेपालले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने औषधिको आधिकारिक प्रोटोकल तयार गर्न सरकारलाई आग्रह गरेको छ ।

अन्य राष्ट्रहरूमा झै कोभिड १९ का संक्रमित बिरामीहरुको उपचारमा प्रयोग गर्ने औषधिको आधिकारिक प्रोटोकल तयार गर्नुपर्ने र यसो भएमा बिरामीको मृत्यु र डाक्टरको जोखिम कम हुने समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले बताए ।

शान्ति समाजले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा र संरक्षणका लागि पर्याप्त बीमा, भइपरी आउँदा उल्लेख्य सहयोग व्यवस्था गर्नुपर्ने, कोभिड १९ संक्रमण रोकथा र नियन्त्रणका लागि सरकार, राजनीतिक समाज र नागरिक समाजबीच सहकार्यको प्रभावकारी बनाउन पनि आग्रह गरेको छ ।

समाजले एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिलाई सहजीकरण गर्ने उपायसहित सबै तहका सरकार र निकायले राहत सहितको सेवामुखी योजना अवलम्बन गर्नुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?