+
+
Shares

कोरोना महामारीमै बढ्यो बेजोसको सम्पत्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते १९:४०

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण अनलाइन व्यापार बढेसँगै अमेरिकी इ-कमर्स कम्पनी अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति २४ अर्ब डलरले बढेको छ । अनलाइन व्यापारको माग चुलिएसँगै उनको कम्पनीको सेयरको भाउ नयाँ उचाइमा पुगेको छ ।

ब्लुमवर्ग बिलिनियर्स इन्डेक्सअनुसार यससँगै बेजोसको सम्पत्ति एक खर्ब ३८ अर्ब डलर पुगेको छ । महामारीका कारण विश्वभर अनलाइन व्यापारको माग बढेसँगै अमेजनले हजारौं कर्मचारी थपेको छ । तर, अमेरिकामा कर्मचारीहरुले कोरोना भाइरसबाट बच्न आवश्यक सुरक्षा प्रदान नगरेको भन्दै आलोचना गर्दै आएका छन् ।

अमेजनमा बेजोसको ११ प्रतिशत सेयर छ । मंगलबार मात्र कम्पनीको शेयरको भाउ ५ दशमलव ३ प्रतिशत बढेको थियो ।

इन्डेक्सका अनुसार सन् २०२० मा विश्वका सबैभन्दा धनी पाँच सयले समग्रमा पाँच खर्ब ५३ अर्ब डलरको नोक्सानी सामना गरेका छन् । यस वर्ष तेल तथा ग्यास उद्योगमा लगानी गर्ने लगानीकर्ताको सम्पत्तिमा ठूलो गिरावट आएको छ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?