+
+

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

रासस रासस
२०७७ वैशाख ४ गते ८:२९
फाइल तस्वीर

४ वैशाख, चितवन । चितवनमा बुधबार एउटा गैंडा मृत भेटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैंडा मृत भेटिएको हो ।

उक्त भाले गैंडाको खाग र खुर भने सुरक्षित रहेको छ । दिउँसो १ बजेको समयमा उक्त गैंडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।

‘बुढो अवस्थाको गैंडा घोलमा डुबेको रहेछ, उद्धार गर्न पुग्दा मृत्यु भइसकेको रहेछ,’ उनले भने ।

गैंडा मृत भेटिएको क्षेत्र यसको पकेट क्षेत्र मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा २४ गैंडाको मृत्यु भइसकेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?