Comments Add Comment

कोरोना परीक्षण गर्न वीरगञ्ज आइपुग्यो पीसीआर मेसिन

अन्य उपकरण नहुँदा तत्काल सञ्चालन नहुने

४ वैशाख, वीरगञ्ज । कोरोना संक्रमण परीक्षण गर्ने प्रयोगशालाका लागि आवश्यक पर्ने पीसीआर मेसिन वीरगञ्ज ल्याइएको छ । तर अन्य उपकरणहरु नहुँदा तत्काल कोरोना संक्रमण परीक्षण गर्न नमिल्ने अधिकारीहरुले बताएका छन् ।

प्रदेश–२ सरकारले वीरगञ्जलाई उपलब्ध गराउने भनेको पीसीआर मेसिन बुधबार राति अबेर आइपुगेकोे नारायणी अस्पतालका अधिकारीले बताएका छन् ।

सामाग्री जुटाउन पहल भइरहेको नारायणी अस्पतातालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । ‘प्रदेश र संघ सरकारको विशेष सहयोगले वीरगञ्जमा पीसीआर मेसिन त आइपुगेको छ’ उनले भने ‘मलेकुलर ल्याब अति संवेदनशील ल्याब हो, सञ्चालनमा ल्याउन चाहिने अन्य औजार उपकरणको व्यवस्थापन भइनसकेको अवस्था छ । त्यसका लागि पहल भइरहेको छ ।’

ल्याब सञ्चालनमा ल्याउन बायोसेफ्टी क्याबिनेट, लेमिनर एयर फ्लो, डिफ्रिज, पीसीआर हुड, कोल्ड सेन्टिफ्रिजलगायत औजार उपकरण आवश्यक पर्ने विज्ञ बताउँछन् ।
यो पनि पढ्नुहोस भोलिदेखि वीरगञ्जमै कोरोना परीक्षण हुन्छ : मुख्यमन्त्री राउत

‘आवश्यक औजार उपकरण बजारमा सहजै पाईदैन, आयातकर्ता पनि कम छन्, समान महंगो छन्’ मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले भने, ‘त्यसैले तत्कालै मेसिन सञ्चालनमा ल्याउन सकिदैन, समान जुट्यो भने ५/७ दिनमा सञ्चालनमा ल्याउन सकिन्छ ।’

आवश्यक औजार, उपकरणको व्यवस्था मिलाइदिन प्रदेश २ का मुख्यमन्त्री, स्वास्थ्य मन्त्रालयका अधिकारी लगायत अन्य सरोकारवाला निकायलाई आग्रह गराइसकिएको उनले बताए ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले वीरगञ्जमा मंगलबारबाट कोरोना परीक्षण सेवा शुरु हुने दावी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment