+
+

लकडाउन उल्लङ्घन गर्ने ५० जनालाई सडकमै ‘पुसअप’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १५:३२

४ वैशाख, बुटवल । सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गर्नेलाई भैरहवामा प्रहरीले कारबाही गरेको छ ।

उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो ।

समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जना कारबाहीमा परेका हुन् । उनीहरुलाई अबदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म (राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताए ।

सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अब घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको उनले बताए ।

‘भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा जानेछौं’ उनले भने । प्रहरीको कारबाहि पछि उनीहरु घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?