+
+
Shares

नागरिक लगानी कोषका सेवाग्राहीले ब्याजमा छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १९:१७

४ वैशाख, काठमाडौं । नागरिक लगानी कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको विभन्नि प्रकारको कर्जाको ब्याजमा छुट हुने भएको छ । आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीलाई १० प्रतिशत छूट प्रदान गरिने भएको हो ।

कोषका अनुसार हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी २०७६ चैतदेखि २०७७ असारसम्म व्याज २०७७ असारभित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको कोषले उल्लेख गरेको छ ।

कोषको संचालक समितिको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको जनाएको छ ।

कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैया प्रदान गर्ने निर्णय समेत गरेको छ । यस्तो बिषम परिस्थितीमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?