Comments Add Comment

नष्ट हुँदैछ ६ करोड खर्चमा बनेको ‘गंगुबाई’को सेट ?

कोरोनाबाट बच्नको लागि अहिले अधिकांश देशहरु लकडाउनमा छन् । भारत पनि लामो समयदेखि लकडाउन छ । त्यसैले बलिउडमा पनि चलचित्रजन्य कुनै कामहरु पनि हुन पाएको छैन । अहिले सम्पूर्ण कलाकारहरु आफ्नो परिवारको साथ रमाइरहेका छन् ।

निर्देशक संजयलीला भन्साली नयाँ चलचित्र निर्देशनको तयारीमा थिए । अभिनेत्री  आलिया भट्टलाई मुख्य भूमिकामा प्रस्तुत गरेर उनले चलचित्र ‘गंगुबाई काठियावाडी’ बनाउँदै थिए । चलचित्रको सुटिङ सुरु नभए पनि चलचित्रको लागि सन्जयलीलाले सेट भने तयार गरिसकेका थिए ।

झण्डै ६ करोड लगानीमा बनेको सेट भव्य थियो । फिल्मसिटीमा तयार भएको उक्त सेट अब भने खेर जाने अवस्थामा पुगेको छ । उक्त सेट छायांकन गर्न नमिल्ने गरी बिग्रिएको छ । बलिउड मिडियाका अनुसार उक्त सेट पूर्ण रुपमा नष्ट हुँदैछ ।

भारतमा त लकडाउन मे ३ सम्म गरिएको छ । त्यसपछि अझै केही समय थप हुनसक्ने अवस्था देखिन्छ । त्यो माथि तत्काल चलचित्रको छायांकन सुरु गर्न सम्भव पनि हुन्न । त्यसैले उक्त सेट नष्ट हुने बताइएको छ ।

हुन त, गंगुबाईको मात्र होइन, अन्य छायांकनको क्रममा रहेका विभिन्न चलचित्रको सेटहरु नष्ट भइरहेका छन् । अजय देवगण स्टारर चलचित्र ‘मैदान’को लागि तयार गरिएको मैदान पनि बिग्रिदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment