Comments Add Comment

अन्तर्राष्ट्रिय उडान सहज बनाउन आईकाओको आह्वान

५ वैशाख, काठमाडौं । संयुक्त राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले अन्तर्राष्ट्रिय हवाई यात्रालाई सहज बनाउन सदस्य राष्ट्रहरुलाई आह्वान गरेको छ। सदस्य राष्ट्रहरुका लागि एडभाइजरी जारी गर्दै आईकाओले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन आग्रह गरेको हो ।

खासगरी लकडाउनका कारण धेरैजसो मुलुकले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् । त्यसले एक अर्को मुलुकमा फसेका विदेशी नागरिकले सहज पहुँच पाएका छैनन् । त्यसमा पनि चार्टर्ड गरी जान नसक्ने नागरिक बढी समस्यामा पर्न थालेसँगै आइकाओले देशहरुलाई हवाई यात्रा सहज बनाउन आह्वान गरेको हो ।

आईकाओले विशेष उडानहरूलाई सहजै उड्ने अनुमति दिन, आकाश तथा विमानस्थल प्रयोगमा समेत सहयोग गर्न आग्रह गरेको छ । आईकाओ व्यापारिक उडानलाई पनि सहज बनाउन आगह गरेको छ ।

खासगरी अत्यावश्यक सामग्रीको आपूर्ति तिव्र रुपमा गर्नुपर्ने र त्यसका लागि हवाई मार्गका विकल्प नभएको भन्दै आईकाओले नयाँ एडभाइजरी जारी गरेको हो ।

आईकाओका महासचिव फाङ लिउद्वारा जारी एडभाइजरीमा कुनै मुलक वा राज्यले आफ्ना नागरिकलाई घर फिर्ता गर्न चाहन्छ भने विनाअवरोध उडानको अनुमति दिन मुलुकहरूलाई आग्रह गरिएको छ ।

आईकाओले चार्टर्ड उडान, कार्गो उडान र मेडिकल उडानका अनुमतिहरू तीव्र  गतिमा दिनसमेत आग्रह गरेको छ । अहिले संसारभर उडान-अवतरण ६० प्रतिशतभन्दा बढीले कम भएको छ ।

अहिले हुने अधिकांश उडान व्यवसायिकभन्दा विशेष उडानमा केन्द्रित छन् । आईकाओमा अहिले करिब दुई सय मुलुक सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment