+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

इच्छाकामना गाउँपालिकाद्वारा अलपत्र मजदुरको उद्धार

रासस रासस
२०७७ वैशाख ५ गते १६:५२

५ वैशाख, चितवन । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदुरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ ।

गाडीमा आएकालाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्रीलाई सामान झारेर फर्कदै गरेका ढुवानीका गाडीमा राखेर गन्तव्यतर्फ पठाउन थालेको छ ।

गाउँपालिका अध्यक्ष गीता गुरुङले आफ्नो गाउँपालिकामा आइपुगेका सबैको उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिइन्। आफैँ राजमार्गमा गएर फर्कदै गरेका ढुवानीका साधन रोकेर १६ वटा गाडीमा तीन समयभन्दा बढीलाई गन्तव्यतर्फ पठाइएको उनले बताइन् । पायक पर्ने ठाउँसम्म पुग्ने गाडीमा राखेर सम्बन्धित व्यक्तिलाई पठाइएको उनले जानकारी दिइन् ।

पश्चिम र पूर्वी नेपालका विभिन्न जिल्लामा पुग्ने मजदुरहरु रहेको उनको भनाइ छ । अध्यक्ष गुरुङले गाडीमा चढेर आएकालाई प्रहरीले जाँच गरी झार्ने गरेकोमा सो कार्य रोकेर जुन गाडीमा आएको छ त्यही गाडीमा पठाइएको जानकारी दिइन् ।

इच्छाकामना गाउँपालिका धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकासँग जोडिएको छ । राजधानीबाट फर्किएका मजदुरहरु यही बाटोहुँदै बाहिरी जिल्ला जाने गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?