Comments Add Comment

सनराइज बैङ्कका सीईओले गराए कोरोना परीक्षण

६ चैत, काठमाडौं । सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । सीईओ पौड्यालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा गराएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

लकडाउन अवधिमा पनि काममा खटिएका सीईओ पौड्याललाई केही आफन्त र साथीहरूले परीक्षण गर्न सुझाएपछि उनले वीर अस्पतालमा परीक्षण गराएका थिए ।

लकडाउनमा पनि आफ्नो काममा नियमित लागिरहेका सीईओ पौडेलले आफूले उच्च सुरक्षा सतर्कता अपनाएको बताएका छन् । उनले सबैले सकेसम्म घरभित्रै बस्न र उच्च सुरक्षा सतर्कता अपनाउन सबैमा आग्रह पनि गरे ।

यस्तोबेलामा बैङ्कको शाखामा पुगेरभन्दा पनि घरमै बसेर डिजिटल कारोबार गर्नु पर्ने सीईओ पौडेलले बताए । कोरोनाले को ठूलो, को सानो नचिन्ने भन्दै उनले स्वास्थ्यका विषयमा गम्भीर बन्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment