+

क्याम्पनोउमा खेल नहुँदा बार्सिलोनालाई प्रतिखेल ३.३ मिलियन युरो घाटा

२०७७ वैशाख  ६ गते ९:५० २०७७ वैशाख ६ गते ९:५०
क्याम्पनोउमा खेल नहुँदा बार्सिलोनालाई प्रतिखेल ३.३ मिलियन युरो घाटा

६ वैशाख, काठमाडौं । कोरोना भाइरस महामारीले अहिले विश्वभर फुटबल गतिविधि स्थगित छ । अब कहिलेदेखि खेल सुरु हुन्छ भन्ने पनि अन्योल छ । अब फुटबल खेल सुरु हुँदा पक्कै क्लोज डोर वा दर्शकविना नै खेलहरु हुनेछ ।

स्पेनिस क्लब बार्सिलोनाले सिजनको बाँकी खेल क्लोज डोरमा भएमा वा रद्ध भए प्रतिखेल ३.३ मिलियन युरो घाटा ब्यहोर्नुपर्ने भएको छ ।

क्याटलान क्लबले आफ्नो घरेलु मैदान क्याम्पनोउमा खेल नहुँदा एउटा खेलको  लागि टिकट बिक्रीबाट आम्दानी हुने ३.३ मिलियन युरो गुमाउन लागेको हो ।

सिजनको बाँकी खेललाई जोड्ने हो भने २० देखि २५ मिलियन गुमाउनेछ ।

आउँदो नोभेम्बरसम्म दर्शकविना नै खेल गर्नुपर्ने निश्चितजस्तै छ । यदि त्यसो भए बार्सिलोनाले ३० मिलियन युरो घाटा ब्यहोर्ने स्पेनिस अनलाइन सञ्चार माध्यम मार्काले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय