+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरोना पोजेटिभको स्वाब काठमाडौं पठाउँदाको सास्ती

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख ६ गते १०:२७

६ वैशाख, विराटनगर । उदयपुरका स्वास्थ्यकर्मीले कोरोना संक्रमणको शंकास्पद नमुना परीक्षणका लागि बुझाएपछि कोशी अस्पताल हाइअलर्टमा थियो ।

उदयपुरबाट १६ वटा शंकास्पद नमुना एकै पटक आएका कारण ल्याबका कर्मचारीले सावधानीपूर्वक परीक्षण गरे । विराटनगरमा पनि एउटा नमुना संकलन भएको थियो । १७ जनाको परीक्षण गर्दा बिहीबार राति ११ बजे रिपोर्ट शंकास्पद देखियो ।

राती ११ बजेबाट कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले रिपोर्ट थप परीक्षणका लागि काठमाडौं पठाउन सवारी साधन खोजिन् । तर लकडाउनको समयमा कुनै सवारी साधन सजिलै उपलब्ध भएन । अनेक प्रयत्न गर्दा स्वाबको रिपोर्ट लिनका लागि हेलिकप्टर आएन ।

विकल्प नभएपछि राति १ बजे स्वास्थ्य कार्यालय प्रमुखको गाडीमा १७ वटा स्वाब काठमाडौं पठाइयो । अस्पतालले डाक्टर छायाँ साह र स्वास्थ्यर्मी प्रकाश कर्कीलाई स्वाब लिएर काठमाडौं पठाएको थियो ।

तर तीमध्ये कोशीमा उपचार गराइरहेका एकजना र उदयपुरका ४ जनाको रिपोर्ट नेगेटिभ आयो ।

१२ जनामा भने कोरोना संक्रमण पुष्टि भयो । ‘बजार पसल बन्द छन्, मध्यरातमा जोखिम मोलेर गाडीमा स्वाब पठाइयो’ मेसु मिश्राले भनिन् ‘धन्न बाटोमा केही भएन ।’

विराटनगरमा नमुना शंकास्पद आएमा काठमाडौंमा पुनः परीक्षण गरेपछि मात्र कोरोना संक्रमण भएको वा नभएको पुष्टि गरिन्छ ।

संक्रमितको विवरण पनि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले मात्र गर्ने व्यवस्था छ । तर काठमाडौंबाहेक अन्य स्थानबाट शंकास्पद संक्रमितको स्वाब पठाउनै समस्या छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?