Comments Add Comment

कोरोना महामारीमा जिम्मेवार देखिए चीनले त्यसको परिणाम भोग्नुपर्छ : ट्रम्प

७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिनुमा जिम्मेवार देखिए चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

शनिबार उनले चीनलाई चेतावनी दिँदै नियतवश फैलाइएको पाइए चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् । तर, उनले अमेरिकाले कस्तो कदम चाल्छ भन्ने विषयमा भने केही बताएनन् ।

शनिबार नियमित ब्रिफिङमा बोल्दै ट्रम्पले चीनको ‘कमजोर’ अर्थतन्त्र, कोभिड–१९ को तथ्यांकबारे उठेको प्रश्न र भाइरसविरुद्ध चालेको सुस्त कदमले आशंका जन्माएको बताए ।

ट्रम्पले कोरोना भाइरसबाट मृत्यु हुनेमा अमेरिका सबैभन्दा अगाडि नरहेको जिकिर गरे । उनले अहिलेसम्मको अवस्थामा अमेरिका धेरै ठूलो मुलुक भएकाले मृत्यु हुनेको संख्या बढी देखिएको उल्लेख गरे ।

उनले बेलायत, इटाली र स्पेनजस्ता मुलुकको तुलनामा अमेरिका ठूलो मुलुक भएकाले मृत्यु हुनेको संख्या बढी देखिएको उनको जिकिर छ । उनले सञ्चारमाध्यमले अमेरिकालाई सबैभन्दा प्रभावित भनेकोप्रति आक्रोश व्यक्त गर्दै पहिलो नम्बरमा अमेरिका नभई चीन रहेको बताए । उनले चीनमा मृत्यु हुनेको संख्या पनि अमेरिकामा भन्दा धेरै रहेको बताए ।

रियलक्लियर पोलिटिक्सको तथ्यांकअनुसार अमेरिकामा प्रति १० लाख मानिसमा एक सय १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । जबकी बेलायतमा यो संख्या दुई सय ३२ छ भने इटालीमा तीन सय ९४ तथा स्पेनमा चार सय ४१ छ ।

सोही आधारमा ट्रम्पले जनसंख्याको आधारमा मृत्यु हुने संख्यालाई तुलना गर्नुपर्नेमा जोड दिएका हुन् । तर, चीनमा भने १० लाख मानिसमा केवल तीन दशमलव ३ मानिसले मात्र मृत्यु भएको तथ्यांक छ ।

ट्रम्पले कोरोना भाइरस फैलिनुमा चीन जिम्मेवार रहेको बताउँदै आएका छन् । शनिबार पनि उनले कोरोना भाइरसको महामारीमा चीनले पारदर्शिता नदेखाएको र यसलाई नियन्त्रणको कदम निकै ढिला मात्र चालेको बताए ।

उनले चीनले समयमा नै यो भाइरस रोकेको भए अहिले विश्वभर यसको महामारी नफैलिने दाबी गरे । तर, ट्रम्प आफैंले पनि भाइरस नियन्त्रणको लागि समयमा नै उचित कदम चाल्न नसकेको आरोप खेप्दै आएका छन् ।

स्रोत : द साउथ चाइना मर्निङ पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment