
कलाकार एजाज खानलाई पक्राउ गरिएको छ । फेसबुक लाइभमा आपत्तिजनक टिप्पणी गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
एजाज यसअघि पनि कैयौं पटक कुटपिटको आरोपमा पक्राउ परिसकेका छन् । उनलाई मुम्बईको प्रहरीले पक्राउ गरेको हो ।
उनले फेसबुक लाइभमा भनेका थिए–‘यदि एउटा सानो झिङ्गा मर्दा पनि मुसलमानलाई नै जिम्मेवार मानिन्छ । ठूलो हात्ती मर्दा पनि मुसलमान नै जिम्मेवार हुन्छन् । दिल्लीमा भुइँचालो आउँदा होस् या कुनै घटना हुँदा नै किन नहोस्, मुसलमानलाई नै आरोप लगाइन्छ । तर, तपाईंले कहिले सोच्नु भएको छ, यस्ता घटनाको पछाडि को जिम्मेवार छ ?’
एजाजले फेसबुक लाइभमा केही दिन अगाडि जम्मा भएको भिड राजनीतिक दलका कारण भएको आरोप लगाएका छन् । एजाज खान चर्चित रियालिटी शो ‘बिग बोस’मा सहभागी भएपछि चर्चामा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4