Comments Add Comment

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री मात्रै आयात

फाइल तस्वीर

७ वैशाख, काठमाडौं । निजी क्षेत्रले आयात गरेको स्वस्थ्य सामग्री तातोपानी नाकाबाट भित्रिन सुरु भएको छ । नाका सञ्चालनमा आएयता आइतबारसम्म गरेर सात कन्टेनर स्वस्थ्य सामग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तत्कालका लागि स्वस्थ्य सामग्री मात्रै नाका भएर आयात भएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘आसीयूमा प्रयोग गरिने उपकरण, पीपीई सेट र मास्क लगायतका स्वस्थ्य सामग्री चीनतर्फबाट नेपाल भित्रिएका छन,’ भन्सार प्रमुख खत्रीले भने ।

कोरोना सर्तकता अपनाउँदै भन्सारले प्राथमिक चरणमा कारोबार गरिरहेको उनले बताए । हाल चिनियाँ कन्टेनरले माल वस्तु ल्याएर नेपालतर्फको यार्डमा खन्याउने र त्यसलाई २४ घण्टा क्वारेन्टाइनमा राखेपछि नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

तत्कालका लागि अत्यावश्यक खाद्यान्न र फलफूलको आयात पनि गर्नेगरी तयारी भइरहेको उनले बताए । चीनमा कोरोना संक्रमण देखिएपछि माघ १४ गतेदेखि बन्द भएको नाका चैत १२ गतेबाट औपचारिक रुपमा खुल्ला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment