+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंका डेढ सयले लिए निःशुल्क एम्बुलेन्स सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते १७:२८

७ वैशाख, काठमाडौं। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क एम्बुलेन्स सेवाले लकडाउन अवधिमा हृदयाघात, मृगौला रोग लगायतका बिरामीलाई अस्पतालसम्म लैजान/ल्याउनका लागि प्रभावकारी सेवा दिइरहेका छन् ।

एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले सेवा सुरु गरेको छ दिनमै एक सय ५० बढीलाई सेवा दिएको जानकारी दिए ।

‘मुख्य गरेर डाइलासिस गर्नुपर्ने बिरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेका लगायत बिरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सले आजसम्म तीन सय बढी पटक सेवा दिएका छन्,’ उनले भने, ‘व्यक्तिको संख्या हिसाब गर्दा एक सय ५० जनालाई सेवा दिएका छौँ, उहाँहरूलाई घर वा डेराबाट अस्पताल र उपचारपछि फेरि घर वा डेरासम्म पुर्‍याउने गरेका छौँ ।’

सापकोटाले सम्झौता अनुसार कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै भए पनि उपत्यका र बाहिरबाट पनि बिरामीहरूले सेवाका लागि सम्पर्क गर्ने गरेकोभन्दै त्यस्ता फोन दैनिक पचास बढीको आउने गरेको जानकारी दिए ।

महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच ओटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका बिरामीलाई बढी प्राथमिकता दिने गरेका छन् । चक्रपथ बाहिर दुई किलोमिटरसम्मका बिरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?