Comments Add Comment

कोरोना महामारीपछि मान्छेको ठाउँ रोबोटले लिन सक्छ ?

७ वैशाख, काठमाडौं । महामारीको शिकार भएपछि विश्वका मानिसहरूले अर्को खतरा बिर्सिरहेका छन् र त्यो खतरा भनेको कोरोना भाइरसको संकटपछि विश्वमा तीब्र रुपमा उदय भइरहेको रोबोटको प्रयोग हो ।

विश्लेषकहरू भन्छन् कि ‘यो राम्रो भइरहेको छ या नराम्रो । तर यो सत्य हो, धेरै प्रकारका रोजगारमा रोबोटले मानिसको ठाउँ लिइरहेका छन् । कोरोना भाइरसका कारण उत्पन्न संकटले यस्तो प्रयास झन् बढ्दै गइरहेको छ ।’

भविष्यवेत्ता मार्टिन फोर्डले भनेका छन्, ‘मानिसहरूले प्रायः भन्ने गर्छन् काममा मानवीय भावना चाहिन्छ । तर कोभिड १९ को प्रभावका कारण यसलाई परिवर्तन गरेको छ ।’

आगामी दिनमा रोबोट कसरी अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बन्नेछ भन्ने विषयमा मार्टिन फोर्डले लेखेका छन् ।

उनी भन्छन्, ‘कोभिड १९ को प्रभावले उपभोक्ताहरूको प्राथमिकता परिवर्तन भइरहेको छ र अटोमेटिक मेसिनले नयाँ अवसर खोल्ने छन् ।’

साना–ठूला सबै कम्पनीले सामाजिक दूरी कायम गर्न रोबोटको प्रयोग गरिरहेका छन् र कार्यालयमा आवश्यक पर्ने कर्मचारीको संख्या घटाउँदैछन् ।

अमेरिकाको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले भुइँ सफा गर्न रोबोट प्रयोग गरिहेको छ । दक्षिण कोरियामा तापक्रम नाप्न र सेनिटाइजर बाँड्न रोबोटको प्रयोग गरिहेको छ ।

सन् २०२१ सम्म कार्यस्थलमा भौतिक दूरी आवश्यक पर्न सक्ने सामाजिक विश्लेषकहरुले अनुमान गरेका छन् । यस्तो भएमा रोबोटको माग झन् बढ्नेछ ।

सरसफाइका लागि रोबोट सहयोगी हुनसक्छ

हिजोआज सेनिटाइजरलगायत सरसफाइका वस्तुहरु उत्पादन गर्ने कम्पनीहरूको माग बढेको छ ।

अल्ट्राभायोलेट लाइटयुक्त रोबोट बनाउने डेनमार्कको यूवीडी कम्पनीले सयौं मेसिनहरु चीन र युरोप पठाएको छ । किराना पसल तथा रेष्टुरेन्टमा होम डेलिभरीका सामान पुर्‍याउन रोबोटको प्रयोग भइरहेका छन् ।

विश्लेषकहरू भन्छन्, ‘लकडाउन समाप्त भएपछि जब बजार खुल्न सुरू हुन्छ, यस प्रविधिको अधिक प्रयोग हुने आशा गर्न सकिन्छ । रोबोटले तपाईंको स्कूल र कलेज पनि सफा गर्ने दिन आउन सक्छ ।’

द कस्टमर अफ द फ्यूचर पुस्तकका लेखक ब्लेक मोर्गन भन्छन्, ‘ग्राहकले आफ्नो सुरक्षामा बढी ध्यान दिन्छन् । उनीहरू कामदारको स्वास्थ्यको बारेमा पनि सोचिरहेका हुन्छन् । अटोमेसिनले सबैको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्न सक्छ । ग्राहकले यस्तो गर्ने कम्पनीको प्रशंसासमेत गर्न सक्दछन् ।’

यसको सीमिततामा ध्यान दिँदै मोर्गन भन्छन्, ‘अटोमेसिनले खुद्रा बजारमा मानिसको भूमिका कम गर्न सक्छ, तर कुनै ठाउँमा यस्तो काम हुन्छन् जसमा रोबोटबाट त्यो काम नहुन सक्छ । रोबोटको प्रयोग गर्दा सामानहरु टुट्ने फुट्ने खतरा हुन सक्दछ । यस्तो अवस्थामा ग्राहकहरुले यो सेवा लिन मन पराउँदैनन् र केवल मानिसलाई मात्र विश्वास गर्दछन् ।’

सामाजिक दूरीमा सहयोगी

खाद्य सेवा (फूड सर्भिस) पनि एक यस्तो क्षेत्र हो जहाँ स्वास्थ्यको एकदमै चिन्ता हुनेगर्छ । स्वास्थ्यको चिन्ताका कारण रोबोटको प्रयोग बढ्ने सम्भवना हुन्छ । म्याक–डोनाल्ड जस्ता खाद्य कम्पनीहरूले खाना पकाउन र सेवामा रोबोटको प्रयोगको परीक्षण गरिरहेका छन् । अमेजन र वालमार्टका गोदामहरुमा पहिलेदेखि नै रोबोटको प्रयोग भइरहेको छ । कोभिड १९ का कारण दुबै कम्पनीले प्याकेजिङ र सामान ढुवानीमा रोबोटको प्रयोग बढाउने विचार गरिरहेका छन् ।
गोदाममा काम गर्ने बेलामा आफ्ना सहकर्मीहरुसँग सामाजिक दुरी कायम राख्ने नसकिने मजदुरहरुको गुनासो यसको प्रायेगबाट हटाउन सकिन्छ । तर विज्ञहरु भन्छन्– रोबोटको प्रयोगले धेरै मानिसको रोजागरी गुम्ने छ ।

एक पटक रोबोटले कामदारको स्थान लिन सफल भएपछि कम्पनीले त्यस ठाउँमा फेरि मानिसलाई काममा लिने सम्भावना कम नै हुन्छ । रोबोट निर्माण गर्न र यसको व्यावसायिक प्रयोग सुरू गर्न लागत अधिक छ, तर रोबोट तयार भएपछि प्रयोग गर्न थाल्दा रोबोट मानव श्रमभन्दा सस्तो हुनेछ ।

मार्टिन फोर्टका अनुसार कोभिड १९ पछि रोबोटको प्रयोग बजारमा फाइदाजनक साबित हुँदै गइरहेको छ । उनी भन्छन्, ‘मानिसहरु त्यस्तो ठाउँमा जान मन पराउने छन् जहाँ मानिसको भिड कम होस् । किनभने त्यस्तो ठाउँमा उनीहरुले आफूलाई कम जोखिम महसुस गर्नेछन् ।’

मानिस सरह हुन सक्छ रोबोट ?
मानिसलाई दिशानिर्देश गर्ने खालका सेवामा पनि रोवटको प्रयोग हुन सक्छ ? आर्टिफिसियल इन्टेलिजेन्सको विकास यस्तो तरिकाले भइरहेको छ कि यसले विद्यालयमा शिक्षक, फिटनेस प्रशिक्षक र वित्तीय मामिलामा सल्लाह दिने ठाउँ पनि लिन सक्दछ ।

प्रविधि क्षेत्रका ठूला कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाइरहेका छन् । फेसबुक र गुगलजस्ता कम्पनीहरूले पनि कुनै गलत पोष्ट हटाउन आर्टिफिसियल इन्टेलिजेन्सको सहारा लिइरहेका छन् ।

जो व्यक्ति रोबोटको सम्भावनाबारे सचेत छ उसले रोजगारीका लागि मानिसलाई भन्दा पनि रोबोटलाई महत्व दिनेछन् । तर यो तस्बिर परिवर्तन पनि हुन सक्दछ । किनभने, लकडाउनका कारण मानिसहरुले घरमा बसेर सुविधा लिन सहज मानिरहेका छन् ।

विशेषज्ञ म्याककिन्सीले सन् २०१७ को एक रिपोर्टमा उल्लेख गरेको अनुमान अनुसार अमेरिकामा एक तिहाइ कामदारले २०३० सम्ममा अटोमेसिन र रोबोटका कारण आफ्नो जागिर गुमाउनेछन् । महामारीको समयमा त्यस्तो शक्तिको विकास हुन्छ कि जसले समयको सबै निर्धारित सीमा परिवर्तन गर्न सक्दछ । मानिसले अब यो संसारमा यस प्रविधिसँग कसरी तालमेल गर्न सक्छ भन्ने विषयमा स्वयं उसैमा भर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment