Comments Add Comment

व्यर्थ चिन्ता किन ?

हामीलाई थाहा छ, चिन्ता कुनै समस्याको समाधान होइन । कुनै उपचार होइन । यद्यपि हामी धेरैजसो अवस्थामा चिन्तित हुने गर्छौं ।

हामी आफ्नो असफलता सम्झेर चिन्तित हुन्छौं । भविष्यको दुःख सम्झेर चिन्तित हुन्छौं । विगतका गल्ती सम्झेर चिन्तित हुन्छौं । चिन्तित हुनु एक मानसिक अवस्था हो । त्यसैले यसको उपचार पनि मानसिक रुपमै खोजिनुपर्छ । मन बलियो बनाएर, खुसी रहने यत्न गरेर, जीवनलाई गंभिरतापूर्वक नलिएर चिन्तामुक्त हुन सकिन्छ ।

स–साना कुरामा चिन्तित रहने हो भने त्यो क्रमस हाम्रो बानीमा रुपान्तरण हुन्छ । हामी सानै कुरामा चिन्तित रहन थाल्छौं । यसले हामीलाई डिप्रेसनसम्म पु¥याउँछ । डिप्रेसनको चरणमा पुगेपछि त्यसबाट बाहिर आउन अलि गाह्रो हुन्छ ।

नेपालीमा एउटा उखान छ, चिन्ताले चितामा पु¥याउँछ ।

वास्तवमै चिन्ताले हामीलाई रोग र शोकमा डुबाउन सक्छ । त्यसैले चिन्ता कुनै समाधान होइन, समस्या हो । चिन्ताले हामीलाई अरु थप जटिल अवस्थामा धकेलिदिन सक्छ ।

कतिपय कुरा हामीलाई चित्त बुझ्दैन । कतिपय कुरामा हामीलाई डर लाग्छ । कतिपय कुरामा हामीलाई गुनासो हुन्छ । यस्तै कुराहरुले हामीलाई चिन्तित तुल्याउँछ । चिन्ता होइन, चिन्तन गर्नुपर्छ । चिन्तनले समाधान खोज्छ ।

कसरी चिन्तामुक्त रहने त ?

श्रीमद्भागवत गीताको एउटा भनाई निकै मननिय छ । भनिएको छ, ‘व्यर्थ किन शोक गर्छौं ? तिमीले के गुमायौं, जुन लिएर आएका थियौं ?’

खासमा हामीले आफुभित्रको नकारात्मक भाव, भय, इष्र्य आदि बाहिर निकाल्नुपर्छ । पारिवारिक वा सामािजक जीवनमा बाँच्ने अभ्यास गर्नुपर्छ । धेरै साथी बनाउनुपर्छ ।

पछुतो नगरौं

हिजोको दिनमा भएका गल्ती कमजोरीलाई लिएर हामी उदास हुने गर्छौं । चिन्तित रहने गर्छौं । हिजो जे भयो त्यसलाई हामी सुधार गर्न सक्दैनौं । बरु त्यो गल्ती कमजोरीबाट पाठ सिक्न सक्छौं । जीवनलाई नयाँ ढंगबाट अगाडि बढाउन सक्छौं । त्यसैले हिजोको दिनमा गरिएका गल्ती, कमजोरीबारे सोचेर चिन्तित रहनु आवश्यक छैन ।

भोलिको भय किन ?

भविष्यमा के होला ? भोलिको दिनमा दुःख पाइएला कि ? अक्सर हामी यस्तै सोचाईले पनि चिन्तामा डुब्ने गर्छौं । भोलि अनिश्चित छ । भोलि के हुन्छ, हामीलाई थाहा हुन्न । जुन कुरा अनिश्चित छ, त्यसमा चिन्ता गर्नुको अर्थ के हुन्छ ?

वर्तमानमा बाँचौं

वर्तमनलाई राम्रो बनाउने प्रयास गरौं । वर्तमानमै खुसी रहने अभ्यास गरौं । आज राम्रो बनाइयो भने भोलि राम्रो हुनेछ ।

मनको कुरा गरौं

आफन्त, परिवार वा साथीभाईसँग मनको कुरा गरौं । खुलेर कुरा गरौं । मनमा कुरालाई गाँठो पारेर नराखौं । दुःख साटौं, खुसी बाढौं ।

सामाजिक बनौं

समाजको कुरामा जागरुक बनौं । सामाजिक भावनाको विकास गरौं । आफन्त, छिमेकीसँग घुलमिल भएर, सर सहयोग गरेर बाँचौं । सामाजिक कामहरुमा आफुलाई समर्पित गरौं ।

प्राणायाम गरौं

गहिरो सास लिने अभ्यास गरौं । अनुलोम बिलोम, कपलभाती जस्ता प्राणायाम गरौं । यसले शरीरमा शुद्ध अक्सिजन प्रवेश गराउँछ । मन चंगा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment