News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग सुरु भएको छ।
- अभिनेत्री नीति शाहले चितवन राइनोज क्लबलाई रंगशालामा पुगेर ११ नम्बरको जर्सी लगाएर समर्थन जनाएकी छिन्।
- अभिनेता दयाहाङ राईले मुस्ताङमा छायांकन गर्दै ‘बिराटनगर किंग्स’ को जर्सी लगाएर आफ्नो क्लबलाई समर्थन जनाएका छन्।
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।
केही कलाकारले मैदानमा पुगेर आफूले समर्थन गरिरहेको क्लबलाई समर्थन गरिरहेका छन् भने केहीले फिल्मको छायांकन सेटबाटै सपोर्ट गरिरहेका छन् ।
अभिनेत्री तथा मोडल नीति शाहले ‘चितवन राइनोज’ क्लबलाई रंगशालामा पुगेर समर्थन गरेकी छिन् । नीति लेखिएको ११ नम्बरको जर्सी लगाएर नीतिले चितवन राइनोजको झण्डा फहराएकी छिन् ।
प्रशंसकलाई स्नातक तह उत्तिर्ण भएको जानकारी दिएकी गायिका रचना रिमाल पनि मैदानमा पुगेर आफ्नो क्लब ‘बिराटनगर किंग्स’ लाई समर्थन जनाएकी छिन् ।

क्लबको नीलो जर्सी लगाएर ब्याट बोकेको फोटो खिचाउँदै एलिनाले क्लबको प्रवर्धन गरिरहेकी छिन् ।
अभिनेता दयाहाङ राई अहिले हिमालपारिको जिल्ला मुस्ताङमा आउँदो फिल्म ‘कबड्डी ५’ को छायांकन गरिरहेका छन् । उनले छायांकन सेटबाट ‘बिराटनगर किंग्स’ को जर्सी लगाएर आफ्नो क्लबलाई समर्थन जनाएका छन् ।
‘आजबाट नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ । सम्पुर्ण टिम तथा खेलाडीलाई सफलताको शुभकामना । सभ्य होस, भब्य रहोस । हामी समर्थक यसै खुसी । म चाहिँ बिरानटगर किंग्सको सपोर्ट गरिराछु है !!!’
गायक बद्री पँगेनी पनि सोमबार उद्घाटन खेल हेर्न त्रिवि क्रिकेट रंगशाला पुगेका थिए ।
कलाकार सन्दीप क्षेत्रीले पोखरा एभेन्जर्सको प्रवर्धन गरिरहेका छन् । लोकरक ब्याण्ड नेपथ्यले हालै पोखरा रंगशालामा पोखरा एभेन्जर्स क्लबको प्रवर्धनमा कन्सर्ट गरेको थियो ।




प्रतिक्रिया 4