Comments Add Comment

तुर्कमिनिस्तानमा फेरि शुरु भयो फुटबल लिग

८ वैशाख, काठमाडौं । कोरोना भाइरस महामारीको कारण गत महिना स्थगित भएको तुर्कमिनिस्तानको फुटबल लिग फेरि शुरु भएको छ ।

विश्वभर फैलिएको कोरोनाको कारण मार्च २३ मा लिग स्थगित भएको थियो । कोरोनाको त्रासकै बीच मार्च ६ मा शुरु भएको लिग करिब ३ सातापछि रोकिएको थियो ।

तर एक महिना नबित्दै तुर्कमिनिस्तानको फुटबल लिग अप्रिल १९ मा पुनः शुरु गरिएको हो ।

अल्तेन असर र कोपेडागबीचको खेल हेर्न करिब ४ संख्यामा दर्शकसमेत उपस्थित थिए । अस्गाबातस्थित सेन्ट्रल फिल्डमा भएको उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।
तुर्कमिनिस्तानको लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस्तै बेलारुस, ताजिकिस्तानमा पनि फुटबल लिग भइरहेको छ । तुर्कमिनिस्तानमा अहिलेसम्म कवरोनाको संक्रमित देखिएको छैन ।

कोरोना भाइरस महामारीको कारण युरोपका ठूला लिगहरु भने अहिले स्थगित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment