+
+

भारतबाट आएका वडाध्यक्षमा देखापरेन कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते २१:२९

८ वैशाख, जनकपुरधाम । र्‍यापिड (आरडीटी) टेस्टमा पोजेटिभ देखिएका धनुषाको वडा अध्यक्षको स्वाब परीक्षण नेगेटिभ आएको छ । भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्‍यापिड (आरडीटी) टेस्ट सोमबार पोजेटिभ देखिएको थियो ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्षको आरडिटी टेस्ट पोजेटिभ देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएर पिसिआर प्रविधी मार्फत् परीक्षण गर्दा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका सह निर्देशक विजय झाले जानकारी दिए ।

उनी एक महिनापछि गत चैत २२ गते साँझ भारतबाट आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन लगाएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयहरुले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको थियो ।

क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडा अध्यक्षकै पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षणका लागि जनकपुरधाम ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?