+
+
Shares

रुपन्देहीमा कोभिड १९ रोकथाममा स्थानीय तहले गरेको कामको अनुगमन सुरु

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७७ वैशाख ९ गते १३:२९

९ वैशाख, बुटवल । रुपन्देहीमा कोरोना भाइरस संक्रमण रोकथाम र लकडाउन पालनामा स्थानीय तहले गरेको कामको अनुगमन सुरु गरिएको छ ।

जिल्ला समन्वय समिति, प्रदेशसभा सांसद तथा स्थानीय तहले संयुक्त रुपमा अनुगमन थालेका हुन् ।

लकडाउन तथा स्थानीय तहको एकद्वार प्रणालीलाई थप प्रभावकारी बनाउन अनुगमन सुरु गरिएको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताए ।

उनले स्थानीय तहले गरेको कामको विवरण तयार पारेर प्रदेश तथा संघीय सरकारलाई पठाइने बताए । ‘कहीँकतै अप्ठयारा छन् भने त्यसको समाधान गर्न अनुगमनले पनि महत्वपूर्ण भुमिका खेल्छ’ विश्वकर्माले भने ।

कतिपय स्थानीय तहले अनुकरणीय कार्य गरेको र कतै कमजोरी भए त्यसलाई सच्याउन अनुगमनले सहयोग गर्ने उनले बताए ।

प्रदेश ५ का प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेयले स्थानीय तह, सीमा नाका, अस्पताल, क्वारेन्टाइनको अवस्थाबारे अनुगमन गरिने बताए ।

अनुगमन टोलीले भैरहवास्थित भीम अस्पतालको आइसोलेसन कक्ष, प्रतिमान–नीमा कलेजको क्वारेन्टाइनमा रहेका भारतीय नागरिकको अवस्था, सीमा नाकामा सुरक्षाको स्थिति र सुरक्षाकर्मीको अवस्थाबारे जानकारी लिएको छ ।

त्यस्तै मायादेवी गाउँपालिका–८ शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका नेपाली तथा भारतीय नागरिकको अवस्थाबारे बुझेको छ ।

अनुगमन टोलीमा प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेय, रमा अर्याल, तुल्सीप्रसाद चौधरी, पुष्पा थरुनी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, उपप्रमुख पशुपति यादव, सदस्य कविराम अर्याल, खेमप्रसाद लुइँटेल, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, सिद्धार्थनगर वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेल, राजनीतिज्ञ जीवलाल अर्याल, रामबहादुर बस्नेतलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?