+
+
Shares

मजदुरको शव गाड्ने इँटा उद्योगका सञ्चालक समातिए

शव उत्खनन् गरी पोष्टमार्टमका लागि ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १६:००

९ वैशाख, जनकपुरधाम । काम गर्दागर्दै मृत्यु भएको मजदुरको शव गाड्ने धनुषाका एक जना इँटा उद्योग सञ्चालक पक्राउ परेका छन् ।

जिल्लाको विदेह नगरपालिका-३ जोगियास्थित भगवती इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुर सुक्ता नफादको गत वैशाख ६ गते उद्योगमै मृत्यु भएको थियो ।

४० वर्षीय उनको चुँडिएको बिजुलीको तार जोड्ने क्रममा ज्यान गएपछि उद्योग सञ्चालकले उनको पोस्टमार्टम समेत नगराई जमिनमा गाडेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले बताए ।

‘हामीले यो जानकारी पाएपछि मृतकलाई गाडिएको ठाउँको उत्खनन गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छौँ’ उनले भने ।

मजदुरको शवलाई गाड्ने उद्योग मालिक अनिफ नदाफ र अजिम मन्सुरीलाई नियन्त्रणमा लिई घट्नाबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?