Comments Add Comment

यी हुन् कोरोनालाई पराजित गर्ने विश्वकै सबैभन्दा वृद्ध व्यक्ति

कोरोना महामारी(काेभिड-१९) बाट विश्वमा अहिलेसम्म झण्डै एक लाख ७० हजार जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धाहरू रहेका छन् । तर, दुनियाँमा एकजना यस्तो व्यक्ति छन् जसले एक सय चार वर्षको उमेरमा कोरोनालाई पराजित गरेका छन् ।

अमेरिकाको ओरेगन प्रान्तका बासिन्दा एक सय चार वर्षीय विलियम बिलको जन्म सन् १९१६ मा भएको हो । उनले आफ्नो जीवनकालमा यसअघि पहिलो विश्वयुद्ध, सन् १९१९ को स्पेनिश महामारी, महामन्दी तथा द्वितीय विश्वयुद्ध लगायतका महासंकट बेहोरेका छन् ।

जीवनको यो उत्तरार्धमा उनी कोरोना भाइरसबाट संक्रमित भए । निकै जोखिमयुक्त उमेरमा रहेका बिल जब कोभिड-१९ बाट संक्रमित भए तब परिवार तथा डाक्टरहरू पनि चिन्तित भए । तर, यी भाग्यमानी बिलले कोरोना भाइरसको संक्रमणलाई जितेर अहिले निको भइसकेका छन् । त्योसँगै उनी कोरोना भाइरसको संक्रमणबाट निको हुने विश्वको सबैभन्दा वृद्ध व्यक्ति बन्न सफल भएका छन् ।

रोग निको भई अस्पतालबाट घर फर्किएसँगै गत बुधबार उनले आफ्नो एक सय चारऔं जन्मदिन मनाएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएमा यो उमेरका मानिसहरू बाँच्ने सम्भावना कमै हुन्छ । तर, लिलियम बिलले कोरोनालाई जित्नु एउटा चमत्कार सरह नै भएको उनको उपचारमा संलग्न डाक्टर रोब रिचर्डसनले बताए ।

विलियमकी छोरी क्यारोली ब्राउनले आफ्ना बुबा अद्भूत व्यक्ति भएको दाबी गरेकी छिन् । सन् १९३९ मा बिहे गरेका विलियमकी पत्नीको सन् २००१ मा निधन भइसकेको छ । दोश्रो विश्वयुद्धका बेला उनले अमेरिकाको लागि निकै खटिएर सेवा गरेका थिए । उनले त्यसबेला ट्रकबाट युद्धका भारी उपकरण तथा अन्य सामानहरू ढुवानी गर्ने काम गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment