Comments Add Comment

२८ दिनमा निको भएर घर फर्किए कैलालीका कोरोना संक्रमित युवक

९ वैशाख, कैलाली । कैलालीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षका युवक अस्पताल भर्ना भएको २८ दिनमा निको भएर फर्किएका हुन् । उनलाई मंगलबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।

चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको तीनवटा रिपोर्ट पोजिटिभ आएको थियो ।

निरन्तरको उपचारपछि पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रवक्ता डा.जगदीश जोशीले बताए ।

दुबईबाट दिल्ली हुँदै चैत ७ गते काठमाडौं पुगेका शाही त्यहाँबाट ८ गते बुद्ध एयरको जहाजबाट नेपालगञ्ज आएका थिए । सोही दिन नेपालगञ्जबाट सार्वजनिक यातायात चढेर धनगढी पुगेका शाही तीन दिनपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

शाही कोरोना संक्रमणको उपचारपछि निको भएर घर फर्किने सुदूरपश्चिमका दोस्रो व्यक्ति हुन् । यसअघि कैलालीको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षका युवक १७ दिन लामो उपचारपछि निको भएर घर फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment