+
+
Shares

अध्यादेशविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते ११:५८

१० बैशाख, काठमाडौं । सरकारले हालै ल्याएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश विरुद्ध साझा धारणा र रणनीति तय गर्न बुधबार विपक्षी दलहरुको संयुक्त बैठक बस्दैछ ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहितको संयुक्त बैठक बस्ने तय भएको छ ।

‘बुधबारको बैठक अब कसरी जाने भनेर रणनीति तय गर्नका लागि हो’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?