Comments Add Comment

अस्ट्रेलियाको तास्मानिया राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने

तास्मानिया । अस्ट्रेलियाको तास्मानिया राज्यले आफ्नो क्षेत्रमा रहेका कोरोना भाइरसबाट प्रभावित अन्तर्राष्टिय विद्यार्थीहरूलाई सहयोग गर्ने घोषणा गरेको छ ।

बुधबार गरिएको तीन प्रकारका सहयोगको घोषणाले महामारीबाट प्रभावित उक्त क्षेत्रमा रहेका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।

महामारीबाट अतिप्रभावित अस्थायी भिसामा रहेका अनागरिकहरुलाई अनुदानबापत केही रकम र यदि उनीहरू घर फर्कन चाहेमा घर फर्कन सहयोग गर्ने बताइएको छ ।

महामारीबाट वास्तविक प्रभावित भएको पुष्टि गर्न सकेमा प्रत्येक बयस्कले दुई सय ५०, प्रत्येक बालबालिकाले एक सय ५० तथा एक परिवारले एकमुष्ट एक हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् ।

साथै, ताज्मानिया सरकारले अतिप्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीहरू तथा अस्थायी भिसामा रहेकाहरूलाई घर फर्कन व्यवस्था गर्ने बताएको छ ।

महामारीबाट प्रभावित भई घर फर्कन चाहनेले २३ मे २०२० सम्ममा आवेदन दिइसक्नुपर्ने जनाइएको छ । यद्यपि, घर फर्कन चाहनेलाई कस्तो व्यवस्था हुन्छ भन्ने कुरा प्राप्त निवेदनहरु मूल्याङ्कन गरी सोही अनुसार निर्णय गर्ने जनाइएको छ ।

ताज्मानियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या यकिन नभए पनि करिब सात हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू उक्त राज्यमा अवस्थित विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment