
१० वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण उत्पन्न आर्थिक समस्या सम्बोधन गर्न माग गर्दै उद्योग वाणिज्य संघ चितवनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।
कोरोना भाइरसका कारण व्याप्त व्यवसायिक एवं आर्थिक समस्यालाई सम्बोधनका लागि पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाइएको उनले बताए ।
महामारीका कारण उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र भावी दिनमा हुनसक्ने आर्थिक जोखिमका बारेमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको उनले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ भट्टराइले यसलाई सम्बन्धित निकायमा आजै पठाइने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4