
१० वैशाख, काठमाडौं । कोरोना भाइरसको आशंकामा मंगलबार टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई नर्सको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएको छ ।
टेकु अस्पतालका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना नर्सहरुको बुधबार पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।
मंगलबार र्यापिड टेस्टको क्रममा एन्टिबडी पोजेटिभ आएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
बुधबार उनीहरू दुवै जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4