Comments Add Comment

पारिवारिक स्वास्थ्यका लागि : भान्सामा हुनुपर्छ यस्तो भाँडावर्तन

स्वास्थ्यको लागि कस्तो खाना खाने भन्ने कुरा मात्र काफी छैन । कसरी पकाउने, कसरी खाने, कति खाने, कतिपटक खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यतीमात्र पनि कहाँ हो र ? कस्तो भाँडवर्तनमा पकाउने भन्ने कुराले पनि अर्थ राख्छ ।

अहिले सजिलोको लागि हामी खाना खान प्लाष्टिकको भाँडावर्तन प्रयोग गर्छौं । पकाउनका लागि ननस्टिक भाँडवर्तन प्रयोग गर्छौं । स्वास्थ्यका हिसाबले यस्ता भाँडावर्तन उपयुक्त मानिदैन । कस्तो भाँडावर्तनमा पकाएको राम्रो हो त ?

एल्मुनियम

यो एकदमै लोकप्रिय छ । किनभने यसको प्रयोग एकदमै सजिलो छ । हल्का हुन्छ । सफा गर्न पनि सहज हुन्छ । तर, केहि अध्ययनले बताएको छ कि, कतिपय अवस्थामा यो रोग पनि कारण बन्न सक्छ ।

-यदि मस्तिष्कमा एल्मुनियमको स्तर अधिक छ भने, त्यसले अल्जाइमर, पार्किसन्स वा मस्तिष्कसम्बन्धी अन्या खतरा रहनसक्छ ।

– यो कुरा त्यसमा पनि निर्भर गर्छ कि, खाना कति समयसम्म उक्त भाडामा पकाइयो वा भण्डारण गरियो ।

-एल्मुनियमामा खाना पकाउनुअघि सावधानी अपनाउनुपर्छ । किनभने यो धेरै रिएक्टिभ मेटल हो ।

प्लाष्टिक

-जब खानेकुराको सवाल छ, प्लाष्टिकको सेवन सकेसम्म नगनु नै उत्तम हो ।

– हार्ड प्लाष्टिकमा बीपीए हुन्छ, जो एक किसिमको टक्सिन हो ।

– बैज्ञानिकका अनुसार बीपीएको सम्बन्ध क्यान्सर,  प्रतिरक्षा प्रणालीमा गडबडी, अर्ली प्यूबर्टी, ओबेसिटी, डाइबिटीज, हाइपर एक्टिभिटीसँग हुन्छ ।

-प्लाष्टिको भाँडा बर्तन प्रयोग गर्दा त्यसको माध्यामबाट बीपीए हाम्रो शरीरमा पुग्छ ।

–  हालै बीपीए फ्रि प्लाष्टिक त आएको छ । तर, यसमा पनि सिन्थेटिक केमिकल्स हुन्छ ।

-माइक्रोवेभमा प्लाष्टिकको प्रयोग नगरौ । यहाँसम्म कि माइक्रोवेभ पनि सुरक्षित छैन ।

ननस्टिक

– यो अहिले निकै लोकप्रिय छ । तर, यसको अधिक प्रयोग स्वास्थ्यका लागि राम्रो मानिदैन ।

-ननस्टिकमा उच्च तापक्रममा पकाउनु हुँदैन ।

कपर

– कम मात्रामा कपर स्वस्थ्यकर मानिन्छ । तर, अधिक भएमा यो विषाक्त हुन्छ ।

के हुन्छ राम्रो ?

–सबैभन्दा राम्रो हो स्टेनलेस स्टील, सिसा, फलाम वा सिरामिक । यसको प्रयोग गरौं ।

-फलाम र माटोको भाँडावर्तन सबैभत्दा हेल्दी मानिन्छ । फलाम अर्थात आइरन शरीरका लागि एकदमै फाइदाजनक मानिन्छ । यसले रेड ब्लड सेल्स निर्माणका लागि आवश्यक मानिन्छ । हुन त यसको अधिकतम सेवन पनि राम्रो मानिदैन । यद्यपी धेरैजसोमा आइरनको कमी नै हुन्छ ।

–  सेरामिक र ग्लास कुकवेयर पनि सुरक्षित मानिन्छ । यो सफा गर्न पनि सहज हुन्छ ।

– यसमा ध्यान राख्नुपर्ने चाहि के छ भने ग्लेज्ड सेरामिक वा ग्लासमा केहि सूक्ष्म तत्वको प्रयोग हुन्छ । जस्तो शिसा, पिग्मेन्ट, क्यडमियम, जो शरीरको लागि हानिकारक हुन्छ । खानासँगै यो शरीरमा जाने संभावना हुन्छ ।

-अहिले सिलिकन कुकवेयर पनि निकै लोकप्रिय छ । खासमा यो सिन्थेटिक रब हो, जसमा बान्डेड सिलिकिन (प्राकृतिक तत्व, जो ढुंगामा प्रचुर मात्रामा पाइन्छ) र अक्सिजन हुन्छ ।

खानेकुरा राख्नका लागि

– खानेकुरा भण्डारणको लागि काठको भाँडा एकदमै राम्रो अप्सन हो ।

खतरा कसरी कम गर्ने ?

-एल्मुनियमको बर्तनलाई लामो समयसम्म खाना स्टोर नगरौ ।

– अनकोटेड कपरको बर्तनलाई कुकिङमा प्रयोग नगरौ ।

-जुन बर्तन स्क्र्याच हुन्छ, त्यो प्रयोग नगरौ ।

-लामो समयसम्म एउटै भाँडावर्तन प्रयोग नगरौ ।

-त्यो प्लाष्कि बाउल्स माइक्रोवेभ प्रयोग नगरौ, जसमा माइक्रोसेफको लेबल लगाइएको हुँदैन ।

-सिलिकन कुकवेयरलाई पनि हाइ टेम्प्रेचरमा प्रयोग नगरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment