+
+
Shares

पूर्वसचिव उपाध्यायलाई तत्काल रिहा गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १५:३६

११ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।

छाया सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका संयोजक बहादुरसिंह लामाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी उपाध्यायलाई पक्रनु संविधानको मर्म र भावना विपरित रहेकाे भन्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेका हुन् ।

संविधानले प्रत्येक नेपाली नागरिकलाई आफ्नो विचार राख्ने नैसर्गिक अधिकार दिएको भन्दै कांग्रेसले विज्ञप्तिमार्फत सरकारको उक्त कदमप्रति आपत्ति समेत जनाएको छ ।

सामाजिक सन्जालमा जथाभावी लेखेको आरोपमा उपाध्याय बुधबार पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?