+

सरकारले अनुमति दिए बुण्डेसलिगा मे ९ बाट गर्न तयार

२०७७ वैशाख  ११ गते २०:४० २०७७ वैशाख ११ गते २०:४०
सरकारले अनुमति दिए बुण्डेसलिगा मे ९ बाट गर्न तयार

११ वैशाख काठमाडौं । जर्मन बुण्डेशलिगा फुटबल आगामी मे बाट पुन: सुरु गर्ने तयारी भएको छ । जर्मन फुटबल लिग डिएफएल ले बिहीबार शीर्ष दुई डिभिजन बुण्डेशलिगा र र बुण्डेशलिगा २ का क्लबहरुसँग भिडियो कन्फ्रेन्स गर्द मे ९ देखि लिग सुरु गर्न तयार रहेको जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ को कारण अहिले युरोपियन फुटबल लिगहरु स्थगित छ ।

डीएफएलले बिहीबार ३६ क्लबहरुसंग छलफल गर्दै सरकारले अनुमति दिए ९ मे बाट लिग गर्ने जनाएको हो ।

डीएफएल सीईओ क्रिस्टियन सेइफर्टले आफूहरु बुण्डेशलिगा गर्न तयार रहेको तर सरकारले अनुमति दिनुपर्ने बताए । ‘बुण्डेशलिग शुरु गर्न तयार छौँ । चाहे मे ९ होस् वा त्यो भन्दा पछि । तर मितिबारे निर्णय हामीले गर्ने होइन । राजनीतिक तहबाट निर्णय हुनुपर्छ ।’ उनले भने ।

यसअघि बुण्डेशलिगा अप्रिल ३० सम्मको लागि स्थगित गरिएको छ । कोभिड १९ बाट धेरै प्रभावित हुने देशमा युरोपमा जर्मनी पनि पर्छ ।

बुण्डेशलिगा पुन: सुरु गर्दा दर्शक बिना नै गर्ने तयारी हुँदैछ ।

बुण्डेशलिगाको शीर्ष दुई डिभिजनमा १८-१८ क्लब छन् । बुण्डेशलिगामा धेरै जसो क्लबको ९ खेल बाँकी छ ।

लिग फेरि सुरु गर्नेको लागि डिएफएलले खेल तालिकाको ड्राफ्टसमेत पेश गरेको छ । जसमा जसमा म्याचडे २६ का खेलहरु मे ९-१० मा गर्ने र अन्तिम चरणको खेलहरु जुन अन्तिम साता गर्ने उल्लेख छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१