+
+

प्राकृतिक विधीबाट रोगसँग लड्ने क्षमता बढाउन सकिन्छ : डा. हेमराज कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते ८:४६

कोरोना भाइरस विरुद्धको खोप वा निश्चित उपचार विधी अहिलेसम्म फेला पारिएको छैन । त्यसैले कोरोना संक्रमितहरुलाई चिकित्सकको निगरानीमा राखेर सुरक्षात्मक विधी अपनाइने गरेको छ । यसक्रममा कतिपयको मृत्यु भएको छ भने कतिपय निको भएका छन् । उही किसिमको भइरसले संक्रमण गरेपनि एकथरीको ज्यान जान्छ, अर्कोथरी निको हुन्छन् ।

यसको कारण हो, रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाहरु निको हुन्छन् । कमजोर भएकाहरुको शरीरमा भाइरस हावी हुन्छ । खासगमा प्रतिरक्षा प्रणाली भनेको के हो ? यसले शरीरमा कसरी काम गर्छ ? प्रतिरक्षा प्रणाली बलियो बनाउने प्राकृतिक विधी के हुन् ? यसै सेरोफेरोमा अनलाइनखबरले प्राकृतिक चिकित्सक एवं योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर –१ वागीश्वरी चितवनका मेडिकल डाईरेक्टर हेमराज कोइरालासँग कुराकानी गरेको छ ।

अहिले घरमै बसेर के–कस्ता प्राकृतिक उपचार लिन सकिन्छ ?

घरमा बसेर विशेषतःहामी चार किसिमका विधिहरू अपनाउन सक्छांै । ती चार किसिमका विधिहरू निम्न लिखित छन् ।

क. रोगबाट बच्नु वा रोगै लाग्न नदिनु ।

ख. रोग प्रतिरोधक क्षमताको सशक्तिकरण गर्नु ।

ग. स्वास्थ्य रक्षक जडिबुटीहरूको प्रयोग गर्नु ।

घ. पुरक खाद्यको प्रयोग ।

डा. हेमराजा कोइराला

रोग प्रतिरोधक क्षमता बढाउने प्राकृतिक तौर तरिका के हुन् ?

शरीरमा रोगसँग लड्ने क्षमता कसरी बढाउने भन्दा अघि प्रतिरक्षा प्रणाली वा ब्याधि क्षमता भनेको के हे भनेर बुझ्न उपयुक्त हुन्छ ।

प्रतिरक्षा प्रणली अन्तर्गत बोन म्यारो वा हड्डी भित्रको मज्जामा उत्पन्न भई रगत, तन्तुहरू, र लिम्फ नोडहरूमा रहेने सेता रक्तकोषहरू, लिम्फनोड, फियो, थाइमस आदिले मिलेर बनेको यस्तो प्रणाली जसले रोग कारक सूक्ष्मजीवहरू जस्तै ब्याक्टेरिया, भाईरस, ढुसी, एवं परजीवीहरू शरीरमा प्रवेश गर्ने बित्तिकै आक्रमण गरेर नष्ट गरिदिन्छन् ।

प्रतिरक्षा प्रणाली बलियो भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन । तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुहरूले जित्दछ । रोगले आक्रमण गर्छ ।

यसर्थ प्रतिरक्षा प्रणालीको सशक्तिकरण नै हरेक सुक्ष्म जीवबाट हुने रोगहरूको सबै भन्दा भरपर्दो उपचार हो । प्रतिरक्षा प्रणालीको सशक्तिकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन निम्न प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिन्छ ।

प्राकृतिक विधीले रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिका के हुन् ?

दैनिक आठ घण्टाको निन्द्रा

खासगरी बेलुका ९ बजे देखि ५ बजे बिचको राम्रो, गहिरो र मिठो निन्द्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका गर्दछ ।

दैनिक ५ लीटर पानीको सेवन-   पर्याप्त पानीको सेवन गर्नाले शरीरमा विजातिय द्रब्यहरूको संकलन हुन पाउदैन । यसो हुदाँ शरीरमा अनावश्यक रूपमा हानीकारक ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूको बृद्घिहुन पाउदैन । यसका अलावा पनी कम हुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निष्तेज पार्दछ ।

दैनिक ४५ मीनेटको योगभ्यास-योगभ्यासले शरीरमा रक्तसंचार सूचारूपार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातिय द्रब्यको निस्कासनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालकिा कोषहरू उत्पादन गर्न मद्यत गर्दछ ।

१५ मीनेट कपालभाती वा भस्त्रिका प्रणायाम-  कपालभाती, भस्त्रिका, सूदर्शन क्रिया जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणयामले शरीरमा नेचूरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाईरसको संक्रमण संग लड्न मद्यत गर्दछ ।

साँझ ३० मिनेटको ध्यान- ध्यानले तनाव कम गर्दछ । तनाव कम हुँदा प्रतिरक्षा प्रणलीको आफै मजबुत हुन्छ ।

शाकाहारी खाना- शाकाहार मानवको प्रकृति प्रदत्त अधिकार हो ।शाकाहारी जीवन शैली अपनाउदा मान्छेले आफूलाई धरै जूनोसिस (जनावरबाट मान्छेमा सर्ने रोगहरू) बाट बच्न सक्दछ । यसका अलवा मंशाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भईरहन्छन । शाकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्यत गर्दछ ।

मौसमी फलफूल एवं तरकारीको सेवन-मौसमी फलफूल एवं तरकारी हरूमा प्रसस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एण्टी अक्सिडेण्टहरू पाईन्छन । यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं बृद्घि–विकाशमा महत्वपूर्ण भूमिका अदा गर्दछ ।

बिहान आधा घण्टाको सूर्य स्नान (घाम तपाई)- सूर्यको प्रकास सर्वश्रेष्ठ प्राकृतिक किटनासक हो । यसका अलावा सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणलीलाई मजबुत पार्ने भिटामिन डी को संश्लेषण हुन्छ ।

रेशा र चोकर यूक्त खानेकुरा- रेशा एवं चोकरले विजातीय द्रब्यहरूलाई शरीरबाट निष्काशन गर्नमा, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्यत गर्दछ ।

हप्ताको  एकदिन उपवास- उपवाशले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्यत गर्दछ एवं उपवास पश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादन लाई पनि मद्यत गर्दछ ।

सकरात्मक सोच- महामारी फैलदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्दछन् । यस्तो बेलामा सकरात्मक हुदाँ समस्या संग लड्न थप बल प्राप्त हुन्छ ।

प्रकृतिसंगको सामिप्यता- प्रकृति संगको समिप्यताले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूसंङ्ग प्रतिरक्षा प्रणलीको जम्काभेट भईरहने हुदा प्रचिरक्षा प्रणालीलाई चूष्त राख्न मद्यत गर्दछ ।

धुमपानको एवंमद्यपान त्याग- धूमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज गर्दछ ।

चिनीको सेवन नगर्ने- चिनी सेवनले मुखमा एवं शरीरमा हानीकारक ब्याक्टेरीयालाई आकर्षित गर्दछ । यी ब्याक्टेरिया भएको ठाउमा भाईरस चाडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ।

यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको व्याधि क्षमत्व वा रोग प्रतिरोधक क्षमता बढ्दछ । व्याधि क्षमत्व मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?