Comments Add Comment

काठमाडौंबाट ७६ जना विद्यार्थी बोकेर श्रीलंकन एयरको जहाज फिर्ता

१२ वैशाख, काठमाडौं । श्रीलकाले नेपालबाट आफ्ना ७६ जना विद्यार्थीलाई स्वदेश फिर्ता लगेको छ ।

शुक्रबार श्रीलंकन एयरको जहाजले उनीहरूलाई स्वदेश फिर्ता गराएको हो। चार्टर्ड जहाज काठमाडौंबाट साढे १२ बजे कोलम्बोका लागि उडेको छ।

श्रीलंकाले केही दिनयता दक्षिण एसियाली मुलुकहरूबाट आफ्ना विद्यार्थीलाई फिर्ता लगिरहेको छ। श्रीलंकाले भारत, पाकिस्तान र नेपालबाट आफ्ना विद्यार्थीलाई लैजाने अभियान चलाएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध निरन्तर लम्बिएपछि यहाँ विभिन्न मुलुकका हजारौं मानिस फसेका थिए । उनीहरूलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा फिर्ता लैजाने क्रमः जारी छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नेपालमा ४ चैतपछि अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment