Comments Add Comment

गुल्मीमा दीर्घरोगीलाई घरमै औषधि

१३ वैशाख, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले दीर्घरोगीलाई घरमै औषधि निःशुल्क वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायात नचलेकोले एक महिनाका लागि औषधी निःशुल्क उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

दीर्घरोगी एवम् लामो समयदेखि औषधि सेवन गर्ने व्यक्ति औषधिका लागि बुटवललगायतका स्थानमा जानुपर्दा कठिनाइ परेको र कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर राखेर दीर्घ रोगीहरुको लागि गाउँपालिकाले निःशुल्क रुपमा घरमै औषधि वितरण गरेको हो ।

गाउँपालिकाले मुटु रोगी, श्वासप्रश्वाससम्बन्धी रोग, कलेजो, हाडजोर्नी, मिर्गौला, थाइराइड, युरिक एसिड, प्रोस्ट्रेट, नशा सम्बन्धी रोग, मधुमेह, उच्च रक्त चाँप, मानसिक समस्यालगायतका रोगहरुबाट लामो समयदेखि पीडित व्यक्तिहरुलाई एक महिनाको लागि औषधि उपलब्ध गराइएको छ ।

प्राथमिक चरणमा दीर्घरोगीको तथ्याङ्क संकलन पश्चात औषधि खरिद गरी स्वास्थ्यकर्मीको टोलीले बिरामीको प्रेस्कृप्सनका आधारमा छुट्टाछुट्टै पोका तयार गरी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य संयमसेविका प्रयोग गरी घर-घर पुगी औषधि उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

गाउँपालिकामा ६९१ जना दिर्घरोगीका लागि १०२ प्रकारका औषधिहरु खरिद गरी उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment