Comments Add Comment

ताजिकिस्तान लिग स्थगित

१४ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेकै समयमा सुरु भएको ताजिकिस्तानको फुटबल लिग स्थगित भएको छ ।

यही अप्रिल ५ मा नयाँ सिजन सुरु भए पनि तीन सातापछि नै त्यहाँको लिग स्थगित हुने भएको हो ।

ताजिकिस्तान फुटबल फेडेरेसनले आइतबार चौथो चरणको लिग सकिएपछि मे १० सम्मको लागि लिग स्थगित हुने जनाएको छ । आइतबारसम्म तय गरिएको चौथो चरणको खेल भने दर्शकविना नै खेलाइने छ ।

सरकारले कोभिड १९ बाट सुरक्षित रहन सावधानी अपनाउने निर्णय गरेपछि फेडेरेसनले केही समयमको लागि लिग स्थगित गरेको जनाएको छ । फेडेरसनले जनताको सुरक्षा र स्वाथ्यलाई ध्यान दिँदै सरकारको निर्णय पालना गरेको जनाएको छ ।

१० टिम सहभागि ताजिकिस्तानको लिगमा इस्टिकलोल ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ ।

कोभिड १९ महामारीका कारण अहिले विश्वभर खेलकुद गतिविधि ठप्प छ । यद्यपि युरोपियन राष्ट्र बेलारुसमा भने अझै लिग चलिरहेको छ । तुर्कमिनेस्तानमा पनि केही समयअघि लिग स्थगित गरिएको थियो ।

कोभिड १९ कै कारण नेदरल्याण्ड्सको फुटबल लिग रद्द गरिएको र त्यहाँ कुनै टिम पनि च्याम्पियन नहुने भएको छ । यस्तै बेल्जियममा भने लिग रद्द गरेर शीर्ष स्थानको क्लब ब्रुगलाई च्याम्पियन बनाउने घोषणा भएको थियो । तर आधिकारिक रुपमा उक्त निर्णय हुन भने बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment