Comments Add Comment

घरमै स्वादिलो दही जमाउने सरल काइदा

दही एकदमै गुणी पेय । यसमा मित्र–जीवाणु हुन्छ, जसले पाचन प्रक्रियामा सघाउ पु¥याउँछ । त्यसैले  हरेक दिनको खानामा दही सामेल गर्नु उचित हुन्छ ।

गाउँघरतिर काठको ठेकीमा दही जमाएर खाने गरिन्छ । शहरी क्षेत्रमा भने डेरीबाट तयारी दही किनेर खाने गरिन्छ । दही आफैमा स्वस्थ्यवद्र्धक पेय हो, जुन खासगरी पाचन प्रणालीका लागि उपयोगी मानिन्छ । यद्यपि दही कसरी जमाएको हो, कस्तो भाँडोमा जमाएको भन्ने कुराले त्यसको गुणस्तर फरक पार्छ । बजारमा उपलब्ध दही त्यती स्वस्थ्यकर नहुन सक्छ, जति घरमै बनाएको ताजा दही हुन्छ ।

त्यसो त दही जमाउन खासै ठूलो कुरो होइन । न झन्झटिलो नै । सामान्य विधी जानेमा स्वादिलो दही जमाउन सकिन्छ ।

कसरी जमाउने दही ?

परम्परागत तरिकाबाट दही जमाएर सेवन गर्न सकिन्छ । यसका लागि सुरुमा दुध उमाल्नुपर्छ । कम्तीमा आधा लिटर दुध हुनुपर्छ । उम्लिएको दुधलाई सेलाउन दिनुपर्छ । मनतातो भएपछि दही जमाउनका लागि उचित हुन्छ ।

अर्को एउटा कचौरामा दुई चम्चा जति पुरानो दही राख्ने । त्यसलाई राम्ररी चलाउने । अब मनतातो दुधलाई केही समय चम्चाले घोल्ने । त्यसमा कचौराको दही मिसाइदिने । अब यसलाई राम्ररी छोपेर अलि न्यानो र अध्याँरो ठाउँमा राख्नुपर्छ । एक रातभर राखेपछि दही जम्छ । यसरी तयार गरिने दही शुद्ध र ताजा हुन्छ । दहीलाई केही दिनसम्म राखेर सेवन गर्न सकिन्छ ।

मिल्क पाउडरबाट दही जमाउने

मिल्क पाउडरबाट पनि दही जमाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिला दुधलाई उमालेर केही सेलाउन दिने । जब दुध मनतातो हुन्छ, तब अर्को एउटा कचौरामा दुई वा तीन चम्चा मिल्क पाउडर घोल्ने । त्यसमा थोरै दही मिसाउने । अब मनतातो दुधमा मिसाएर राम्ररी घोल्ने । यसरी एक रातभर राखेपछि दही राम्ररी जम्छ ।

रातो सुकेको खोर्सानीबाट दही जमाउने

सुकेको खुर्सानी पनि दही जमाउनका लागि उपयोगी हुन्छ । दुध उमालेर सेलाएपछि दुई वा तीन वटा सुकेको खुर्सानी दुधमा मिसाउनुपर्छ । यसलाई राम्ररी छोपेर राख्नुपर्छ । सुकेको रातो खुर्सानीमा ल्याक्टोबेसिलस नामक व्याक्टेरिया हुन्छ, जसले दुधबाट दही बनाउनमा सहयोगी मानिन्छ ।

दही जमाउने अवधी

दहीलाई छोटो अवधी जमाउँदा त्यती स्वादिलो हुँदैन । एक रात जमाएको दहीलाई अरु केही समय नचलाई राख्नुपर्छ दही बढी स्वादिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment