Comments Add Comment

बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्पताल भर्ना

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् ।

रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या छ । अहिले उनको स्वास्थ्य स्थीर रहेको रणधीरले जानकारी दिएका छन् ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

उनी फेरि अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि सामाजिक सन्जाल प्रयोगकर्ताले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

सामाजिक सन्जालमा निकै सक्रिय हुने ऋषि कपुरले अप्रिल महिनायता ट्वीटरमा केही पनि पोष्ट गरेका छैनन् । आफ्नो एक पोष्टमा उनले दीपिका पादुकोणसँग फिल्म खेल्ने उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment