Comments Add Comment

के हो हर्ड इम्युनिटी ?

प्रदेश नं. १ को उदयपुरमा नेपालकै सबैभन्दा बढि कोभिड १९ को संक्रमित रहेको छ । झापामा पनि संक्रमित रहेको छ । त्यसैले प्रदेश नं। १ लाई उच्च जोखिम राखिएको छ । तर नेपालमा कुनै सिकिस्त अवस्थामा नहुनु, संक्रमितहरुबाट घरकै सदस्यहरुमा पनि नफैलिनु र यसका कारणले कसैको मृत्यु नहुनुले पक्कै सकारात्मक उर्जा दिएको छ । समयमै लकडाउन, उच्च सर्तकता, क्वारेन्टिन र कोभिड अस्पतालको व्यवस्थापनले गर्दा कुनै मानविय क्षति तथा आत्तिनु पर्ने अवस्था आउन सकेनन् ।

लामो समयको लकडाउनले आर्थिकरुपमा हामी कमजोर हुदै गएको सत्य हो । दैनिक ज्यालादारीहरुले १५–२० केजी चामलले कति दिन पु¥याउने, निजि क्षेत्रमा काम गर्नेले तलब कसरी पाउने, उत्पादन रोकिए पछि खाद्य सामग्री तथा दैनिक उपभोग्य बस्तु कसरी र कति समय पाउने,  कुनै पनि सरकारले सबै कुरा सहजै व्यवस्थापन गर्न सक्दैनन् ।

त्यसैले लकडाउनको बिकल्प खोज्नै पर्छ । यसको अर्थ कोभिड १९ को संक्रमण फैलिन दिने पनि होइन । यस बिषयमा जनस्वास्थ्य विज्ञ, चिकित्सक, उद्योगपत्ती, व्यपारी, उपभोक्ता, मजदुर र नेतृत्वबर्गमा बहस हुनु आवश्यक छ ।

कोभिड १९ को संक्रमणबाट जोगिन कुनै किसिमको ईम्युनिटी देखिएको छैन । समुदायमा हर्ड ईम्युनिटी भए अहिले लकडाउन गर्नुपर्दैन थियो । हर्ड इम्युनिटी भन्नाले कुनै समुदाय नै कुनै रोग प्रतिरोधात्मक शक्ति प्राप्त गरेको अवस्था हो ।

हर्ड इम्युनिटी भनेको ६० प्रतिशत भन्दा बढी समुदायले प्राकृतिक रुपमा वा भ्याक्सिनको बाट प्रतिरक्षा प्राप्त गर्नु हो । समुदायका बहुसंख्यक मानिसमा कोभिड १९ बिरुद्ध प्रतिरक्षा प्रणालीको विकास भएमा समुदायमा यो संक्राण फैलिन पाउने छैन ।

यो हर्ड इम्युनिटी वा यसको भ्याक्सिन तत्कालै उपलब्ध नभई सकेको अवस्थामा संक्रमण रोक्ने प्रभावकारी माध्यम चेन ब्रेक नै हो र जसका लागि लकडाउन महत्त्वपूर्ण मानिएको छ । हर्ड ईम्युनिटी प्राकृतिक रुपमा पनि बिकास हुन सक्छ तर त्यसका लागि रोगको संक्रमण हुनुपर्ने हुन्छ । सब क्लिनिकल अर्थात संक्रमण भए पनि कम घातक र रोगको कुनै लक्षण नदेखाएको अवस्थामा पनि ईम्युनिटी प्राप्त हुन सक्छ । यसलाई प्राकृतिक हर्ड ईम्युनिटी भनिन्छ भने भ्याक्सिन दिएर विकास गरिएको ईम्युनिटिलाई एक्वाईर्ड ईम्युनिटी भनिन्छ ।

प्रदेश नं. १ मा खाद्य भण्डार मात्र होईन उद्योगहरुको प्रदेश पनि हो । भारत र कोशीलाई सिल गर्ने हो भने आन्तिरिक रुपमा प्रदेश १ का उद्योगहरु सञ्चालन गर्न सकिन्छ कि ? हाम्रो स्थानियमा संक्रमण नरहेको हुँदा बाहिरबाट संक्रमित आउने बाटाहरु बन्द गरेर आन्तरिक खोल्न सके एकातिर स्वदेशी उत्पादनले आवश्यक्ता पुरा गर्ने थियो भने अर्कातिर आर्थिक मारमा रहेका श्रमजिवी तथा उद्योगी र व्यपारीहरुले पनि राहत महशुस गर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment