+
+

गोरखामा चितुवाका दुई डमरुको उद्धार

विकास मरहट्टा विकास मरहट्टा
२०७७ वैशाख १८ गते १९:३१

१६ वैशााख, गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ रातडाँडामा भेटिएको दुई वटा डमरु (चितुवाको बच्चा) को उद्धार गरिएको छ ।

करिव दुई महिनाका ती डमरुलाई डिभिजन वन कार्यालयले बिहीबार उद्धार गरेको हो ।

‘बारीमा जाने क्रममा रातडाँडाको ढड्यानमा चितुवा कराएको जस्तो आवाज सुनेपछि एक स्थानीयले गाउँलेलाई खवर गरेछन्,’ डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले भने, ‘सबै मिलेर डमरुलाई ओडारबाट झिकेर खेतमा ल्याएछन् अनि हामीलाई खबर गरे ।’

खबर पाएसँगै पौड्याल नेतृत्वको टोली उक्त स्थानमा पुगेको थियो । ‘करिब दुई महिनाका भाले र पोथी बच्चाहरु रहेछन्, हामीले उनीहरुको बसस्थान रहेको ढड्यानको ओडारमै लगेर छाडिदियौ,’ पौड्यालले भने ।

स्थानीयका अनुसार उक्त ढड्यान वस्तीदेखि करिव एक सय मिटर पर छ । ढड्यान नजिकै स्थानीयले मकै खेतीसमेत गरेका छन् । बारीमा काम गर्न जादै गर्दा चितुवाको बच्चा फेला परेको स्थानीयको भनाइ छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?